फागु पूर्णिमा (होली) पर्व, २०७३ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

फागु पूर्णिमा (होली) पर्व, २०७३ का  अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश   सबै नेपालीहरुले हर्षोल्लास पूर्वक रङहरुमा रमाएर मनाइने नेपालीहरुको महान पर्व “फागु पूर्णिमा” अर्थात “होली” पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीहरुले खुसी र मनोरञ्जन साटासाट गर्न विभिन्न रङहरुमा रंगिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने गर्दछन् । यस पर्वले सबै नेपालीबीच सामाजिक सद्‌भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पुर्‍याउँदै आएको छ । Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूबाट शपथ ग्रहण

आज मिति २०७३ साल फागुन २६ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री श्री कमल थापाज्यू र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री दिलनाथ गिरीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु  समेतको उपस्थिति थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता

अन्तर्राष्ट्रिय महिला दिवस, २०१७ का अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय महिला दिवस, २०१७ का अवसरमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको शुभकामना सन्देश “Women in the Changing World of Work: Planet 50-50 by 2030” भन्ने नाराका साथ मनाउन लागिएको 107 औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरू लगायत संसारभरका सबै दिदीबहिनीहरूमा लैंगिक समानता, महिला सशक्तीकरण र महिला मानव अधिकारको सुनिश्चितताको कामना गर्दै सुख, शान्ति, समृद्धिका साथै उत्तरोतर प्रगतिको कामना गर्दछु । विद्यमान सामाजिक परम्परा, धार्मिक अन्धविश्वास एवम् पुरुष प्रधान मानसिकताबाट ग्रसित मूल्य मान्यताको प्रभावले महिलाहरु शैक्षिक, सामाजिक एवम् आर्थिक रुपले पछि परेबाट पुरुषको तुलनामा महिलाहरुको स्थान कमजोर छ भने उनिहरुको अवस्था दयनीय रहेको पाइन्छ । महिलाहरुको हक अधिकारका साथै Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सार्कका नवनियुक्त महासचिवबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन २३ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सार्कका नवनियुक्त महासचिव महामहिम Mr. Amjad Hussain B. Sial बाट शिष्टाचार भेट भयो । सो अवसरमा सार्क मुलुकको समग्र हितका विषयमा कुराकानी भएको थियो । (कुल प्रसाद चुडाल) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतीय वित्त मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन १९ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका भारतका वित्त मन्त्री महामहिम Mr. Arun Jaitley बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायको पनि उपस्थिति थियो । महामहिम मन्त्री Mr. Arun Jaitley नेपालमा चलिरहेको इन्भेष्टमेन्ट समिटमा भाग लिन आजै नेपाल आउनुभएको हो । (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ साल फागुन १९ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष महान्यायाधिवक्ताको कार्यालयका माननीय महान्यायाधिवक्ता श्री रमन कुमार श्रेष्ठले नेपालको संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ । (कुल प्रसाद चुडाल) प्रवक्ता