सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सार्कका नवनियुक्त महासचिवबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन २३ गते सोमबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सार्कका नवनियुक्त महासचिव महामहिम Mr. Amjad Hussain B. Sial बाट शिष्टाचार भेट भयो । सो अवसरमा सार्क मुलुकको समग्र हितका विषयमा कुराकानी भएको थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता