सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्रीज्यू र माननीय मन्त्रीज्यूबाट शपथ ग्रहण

आज मिति २०७३ साल फागुन २६ गते बिहीबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनियुक्त माननीय उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री श्री कमल थापाज्यू र माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री दिलनाथ गिरीज्यूले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । उक्त समारोहमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय उपप्रधानमन्त्रीज्यू, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु तथा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरु  समेतको उपस्थिति थियो ।

(कुल प्रसाद चुडाल)

प्रवक्ता