सम्माननीय राष्ट्रपतिज्यूसमक्ष भारतीय वित्त मन्त्रीबाट शिष्टाचार भेट

आज मिति २०७३ साल फागुन १९ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष हाल नेपालको भ्रमणमा रहनुभएका भारतका वित्त मन्त्री महामहिम Mr. Arun Jaitley बाट शिष्टाचार भेट भयो । सो अवसरमा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको थियो । उक्त भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीप कुमार उपाध्यायको पनि उपस्थिति थियो । महामहिम मन्त्री Mr. Arun Jaitley नेपालमा चलिरहेको इन्भेष्टमेन्ट समिटमा भाग लिन आजै नेपाल आउनुभएको हो ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता