सम्माननीय राष्ट्रपतिज्यूसमक्ष सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन पेश

आज मिति २०७३ चैत्र ७ गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री सुशीला कार्कीज्यूले नेपालको संविधानको धारा १३८ बमोजिम सर्वोच्च अदालतको आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको  छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता