सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७५ साल कार्तिक ८ गते बिहीबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई  काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको  थियो ।

 

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
१. अमेरिका H.E. Mr. Randy W. Berry आवासीय
२. तान्जानिया H.E. Mr. Baraka Haran Luvanda गैरआवासीय
३. माल्टा H.E. Mr. Stephen Borg गैरआवासीय
४. क्रोयशिया H.E. Mr. Petar Ljubicic गैरआवासीय

 

(छविन्द्र पराजुली)

प्रवक्ता