कार्यभार तोक्नु भएको

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू Reykjavik Global Forum-Women Leaders कार्यक्रममा सहभागी हुन सम्वत् २०७९ साल कात्तिक २१ गते सोमबारका दिन औपचारिक भ्रमणको सिलसिलामा गणतन्त्र आइसल्याण्डतर्फ प्रस्थान गर्नु भएकोले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम सम्माननीय उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नु भएको छ ।

२०७९ साल कात्तिक २१ गते सोमबार ।

(सागर आचार्य)

प्रवक्ता