मन्त्रिपरिषद् गठन

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा देहाय बमोजिमको मन्त्रिपरिषद् गठन गरी कार्य विभाजन गर्नुभएको छ ।

क्र.सं. नाम, थर पद कार्यविभाजन
 १. श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री अर्थ; उद्योग, वाणिज्य तथा आपूर्ति; ऊर्जा, जलस्रोत तथा सिंचाइ; कानून, न्याय तथा संसदीय मामिला; कृषि तथा पशुपन्छी विकास; खानेपानी; गृह; परराष्ट्र; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; भौतिक पूर्वाधार तथा यातायात; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; युवा तथा खेलकुद; रक्षा; वन तथा वातावरण; शिक्षा, विज्ञान तथा प्रविधि; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; सङ्घीय मामिला तथा सामान्य प्रशासन; सञ्चार तथा सूचना प्रविधि; सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या ।
 २. श्री हितबहादुर तामाङ मन्त्री कार्यभार पछि तोकिने
 ३. श्री पदम गिरी मन्त्री कार्यभार पछि तोकिने
४. श्री डोलप्रसाद अर्याल मन्त्री कार्यभार पछि तोकिने

साथै, आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नवनियुक्त माननीय मन्त्रीज्यूहरूले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

२०८० साल फागुन २१ गते सोमबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता