प्रदेश प्रमुखमा नियुक्त तथा शपथ

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८०/११/२८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका महानुभावहरूलाई देहायका प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।

तपसिल

क्र.सं. नाम थर प्रदेश
श्री सुमित्रा सुवेदी भण्डारी, झापा मधेश प्रदेश
श्री डिल्लीराज भट्ट, कैलाली गण्डकी प्रदेश
श्री नजिर मियाँ, अर्घाखाँची सुदूरपश्चिम प्रदेश

आजै, सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त माननीय प्रदेश प्रमुखज्यूहरूले आ-आफ्नो प्रदेशको प्रदेश प्रमुख पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

२०८० साल फागुन ३० गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता