सम्माननीय राष्ट्रपतिज्यूसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश

 

आज मिति २०७७ साल असार ३१ गते बुधबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा, दंगालज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७५/०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट सु-शासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकास निर्माणका कार्य समयमा नै सम्पन्‍न गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व रहेको कुरा व्यक्त गर्नु भयो । आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै “समृद्ध नेपाल सुखी नेपाली” को राष्ट्रिय संकल्प पुरा गर्न मद्दत पुग्ने विश्‍वास सम्माननीय राष्ट्रपतिज्यूले प्रकट गर्नु हुँदै आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्‍वास व्यक्त गर्नु भयो ।

(हरि प्रसाद दहाल)

प्रवक्ता