सम्माननीय राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल असार 30 गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम
1 विनियोजन विधेयक, २०७६
2 आर्थिक विधेयक, 2076
3 राष्ट्र ऋण उठाउने विधेयक, 2076
4 ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, 2076

   (छविन्द्र पराजुली)

 प्रवक्ता