विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढी, पहिरो र डुवानले भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख प्रकट गर्नुहुँदै शोक सन्तप्त परिवारमा सहानुभूतिसहित हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

सम्माननीय राष्ट्रपतिज्यूले प्राकृतिक विपद्को यस दुःखद् घडीमा पीडितहरूको उद्दार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका  संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको यस अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितहरुको उद्दार तथा राहत कार्यमा संलग्न हुन हार्दिक आव्हान गर्नुभएको छ । साथै उहाँले भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न आवश्यक पर्ने सावधानी अपनाउन आमजनता र सम्बद्ध सबैको ध्यानाकर्षण गराउनु भएको छ ।

(छविन्द्र पराजुली)                 

प्रवक्ता