सम्माननीय राष्ट्रपतिज्यूसमक्ष ओहोदाको प्रमाणपत्र पेश

आज मिति २०७६ साल असार 3० गते सोमबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका मुलुकका महामहिम राजदूतहरुले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त समारोहमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरु समेतको उपस्थिति रहेको थियो । महामहिम राजदूतहरुलाई काठमाडौंस्थित होटल साङ्ग्रीलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।

तपसिल

क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय
गणतन्त्र युगाण्डा H.E. MS. DINAH GRACH AKELLO गैरआवासीय
बोस्निया एण्ड हर्जगोभिना H.E. MR. MUHAMED CENGIC गैरआवासीय
गणतन्त्र माली H. E. MR. SEKOU KASSE गैरआवासीय
गणतन्त्र साईप्रस H.E. MR. AGIS LOIZOU गैरआवासीय

(छविन्द्र पराजुली)

   प्रवक्ता