सम्माननीय राष्ट्रपतिज्यू स्वीटजरल्याण्डको भ्रमण पूरा गर्नुभई स्वदेश फिर्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकको निमन्त्रणामा स्वीटजरल्याण्डको जेनेभामा आयोजना भएको १०६औं अन्तर्राष्ट्रिय श्रम सम्मेलन अन्तरगत “World of Work Summit” लाई संबोधन गर्नु भई आज मिति २०७४ साल असार ४ गते आइतबार भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भयो ।

(मोहन प्रसाद वाग्ले)
प्रवक्ता