सम्माननीय राष्ट्रपतिज्यू समक्ष नेपालका लागि पाकिस्तानका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल असोज ५ गते, सोमबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि पाकिस्तानका राजदूत H.E. Mr. Mazhar Javed ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो ।

उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा पाकिस्तानका राजदूतलाई बधाई दिनुहुँदै भविष्यमा नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ सुदृढ हुने विश्‍वास व्यक्त गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र पाकिस्तानबीच साँस्कृतिक तथा जनस्तरको सम्बन्ध विस्तारका लागि पारस्परिक सहकार्यको सम्भावना रहेको उल्लेख गर्नुहुँदै छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले पाकिस्तानसँगको सम्बन्धलाई सधैँ उच्‍च महत्त्व दिँदै आएको विचार व्यक्त गर्नुभयो ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता