सम्माननीय राष्ट्रपतिज्यूबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत

आज मिति २०७७ साल असोज १ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट  नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा श्री बामदेव गौतम, दाखाक्वाडी -१, प्यूठानलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नु भएको छ ।

(हरि प्रसाद दहाल)

प्रवक्ता