सम्माननीय राष्ट्रपतिज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको कार्यभार सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाल्ने गरी तोक्नु भएको

आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक  प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व, २०७७ को शुभकामना सन्देश वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीको रूपमा मानिएकी कुमारीको पूजाआराधना गरी  मूलत: काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वको शुभ अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा आराधनाका साथै नेवारी परिकार समयबजीको भोजन सहित हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गौरा पर्व, २०७७ को शुभकामना सन्देश गौरा पर्व, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने गौरा पर्व नेपालको एक महत्वपूर्ण सांस्कृतिक चाड हो । गौरा पर्वको अवसरमा महिलाहरूले शिव र पार्वतीको पूजा अर्चना सहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने¸ नि:सन्तानलाई सन्तान प्राप्ति हुने तथा आफ्नो मनोकांक्षा पूरा भई जीवनमा सुख, शान्ति प्राप्त हुने जनविश्‍वास रहेको छ । गौरा पर्वलाई हाम्रो मुलुकको मध्य तथा सुदूरपश्‍चिम क्षेत्रमा Read More …

विज्ञप्ति

आज मिति २०७७ साल भदौ ५ गते शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू श्री पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हरितालिका (तीज), २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तीज), २०७७ को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान् शिव-पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य¸ परिवारको सुख¸ सुस्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्‍वास रहिआएको छ। यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भाव कायम गर्न सहयोग पुर्‍याइरहेका हुन्छन् भन्ने मेरो विश्‍वास रहेको छ Read More …

सम्माननीय राष्ट्रपतिज्यू समक्ष बङ्‌गलादेशका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल साउन ३२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत महामहिम Ms. Mashfee Binte Shams ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट उहाँलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा बधाई दिनुहुँदै भविष्यमा नेपाल र बङ्‌गलादेश बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोत र साधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । यसैगरी उहाँले एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्‍च महत्‍व दिएको कुरा व्यक्त गर्नुभयो । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्रीकृष्णजन्माष्टमी पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७७ को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णअष्टमीको मध्यरातमा भएको सम्झनामा आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्‍नताका Read More …

सम्माननीय राष्ट्रपतिज्यूसमक्ष कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारबाट भए गरेको कामका बारेमा जानकारी

साउन २३ गते, काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष आज राष्ट्रपति भवनमा माननीय उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक श्री ईश्वर पोखरेल, माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवाली र माननीय स्वास्थ्यमन्त्री श्री भानुभक्त ढकालबाट नोबल कोरोनाभाइरस (कोभिड-१९) महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी गराउनु भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले कोरोनाभाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको कुरा उल्लेख गर्नुभयो । तथापि बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बकर ईद (इदुल जोहा) पर्व २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

बकर ईद (इदुल जोहा) पर्व, २०७७ को शुभकामना सन्देश इस्लाम धर्मावलम्बीहरूको दोस्रो ठूलो पर्व बकर ईद (इदुल जोहा) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । बकर ईद सद्‍भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड हो । मुस्लिम धर्मावलम्बीहरूले यस पर्वका दिन सामूहिक रूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्‍भाव, सहिष्णुता, मेलमिलाप र भाइचाराको अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको छु । नेपाल विविध जातजाति, भाषा र संस्कृतिको संगम हो । विभिन्‍न समुदायद्वारा मनाइने यस्ता पर्वहरूले आम नागरिकलाई सामाजिक सांस्कृतिक रूपमा एकताबद्ध बनाउँदै Read More …