सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय बालदिवस, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय बालदिवस, २०७७ को शुभकामना सन्देश ‘विपद्‌मा बालअधिकारको सुनिश्चितताः हामी सबैको साझा प्रतिबद्धता’ भन्ने संकल्पका साथ यो वर्षको राष्ट्रिय बालदिवस मनाउन लागेकोमा मलाई खुशी लागेको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । नेपालको संविधान तथा कानुनमा बालअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनका लागि महत्वपूर्ण प्रावधानहरूको व्यवस्था गरिएको छ । हाम्रो मुलुकले बालअधिकार सुनिश्चित गर्न विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता तथा प्रतिबद्धताहरूमा हस्ताक्षर गरिसकेको छ । यी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नु राज्यको अहम् दायित्व हुन आएको छ । गुणस्तरीय शिक्षा प्राप्त गर्नु बालबालिकाको नैसर्गिक अधिकार भएको सन्दर्भमा बालमैत्री शैक्षिक वातावरणको निर्माण गरी विद्यालयलाई आकर्षणको केन्द्र Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जितीया पर्व, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

जितीया पर्व, २०७७ को शुभकामना सन्देश नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाहरूले मनाउने जितीया पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायूको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘जिमुतवाहन व्रत’ समेत भनिने जितीया पर्व प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाहरूले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ । यस्ता सांस्कृतिक पर्वहरूले परिवार र समुदायका सदस्यहरूको बीचमा आपसी प्रेम‚ विश्‍वास‚ सद्‍भाव र सहयोगको Read More …

सम्माननीय राष्ट्रपतिज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीको कार्यभार सम्माननीय प्रधानमन्त्रीज्यूले सम्हाल्ने गरी तोक्नु भएको

आज मिति २०७७ साल भाद्र १९ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का माननीय अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा निजले सम्हाल्दै आउनुभएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ । (केशव प्रसाद घिमिरे) सहायक  प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले कुमारी इन्द्रजात्रा पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

कुमारी इन्द्रजात्रा पर्व, २०७७ को शुभकामना सन्देश वर्षा र सहकालका देवता इन्द्र एवं जीवित देवीको रूपमा मानिएकी कुमारीको पूजाआराधना गरी  मूलत: काठमाडौँ उपत्यकामा मनाइने कुमारी इन्द्रजात्रा पर्वको शुभ अवसरमा उपत्यकाका नेवार समुदाय लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यस पर्वमा देवराज इन्द्रको पूजाअर्चना, जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा एवं विभिन्न देवीदेवताको पूजा आराधनाका साथै नेवारी परिकार समयबजीको भोजन सहित हर्षोल्लासपूर्वक मनाउने परम्परा रहेको छ । पर्याप्त वर्षा र शीतका कारण फलेको राम्रो अन्नबालीका लागि वर्षाका देवता Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

गौरा पर्व, २०७७ को शुभकामना सन्देश गौरा पर्व, २०७७ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनदेखि अष्टमीसम्म गौरा र महादेवको आराधना गरी मनाइने गौरा पर्व नेपालको एक महत्वपूर्ण सांस्कृतिक चाड हो । गौरा पर्वको अवसरमा महिलाहरूले शिव र पार्वतीको पूजा अर्चना सहित व्रत बस्नाले इष्टदेव र कुलदेव प्रसन्न हुने¸ नि:सन्तानलाई सन्तान प्राप्ति हुने तथा आफ्नो मनोकांक्षा पूरा भई जीवनमा सुख, शान्ति प्राप्त हुने जनविश्‍वास रहेको छ । गौरा पर्वलाई हाम्रो मुलुकको मध्य तथा सुदूरपश्‍चिम क्षेत्रमा Read More …

विज्ञप्ति

आज मिति २०७७ साल भदौ ५ गते शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू श्री पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ । (हरि प्रसाद दहाल) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले हरितालिका (तीज), २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

हरितालिका (तीज), २०७७ को शुभकामना सन्देश नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी बहिनीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । हरितालिका तीजलाई नेपाली महिलाहरूले एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् । भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान् शिव-पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य¸ परिवारको सुख¸ सुस्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्‍वास रहिआएको छ। यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्‌भाव कायम गर्न सहयोग पुर्‍याइरहेका हुन्छन् भन्ने मेरो विश्‍वास रहेको छ Read More …

सम्माननीय राष्ट्रपतिज्यू समक्ष बङ्‌गलादेशका राजदूतबाट शिष्टाचार बिदाइ भेट

आज मिति २०७७ साल साउन ३२ गते, आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत महामहिम Ms. Mashfee Binte Shams ले राष्ट्रपति भवन, शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभयो । सो अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट उहाँलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गर्नु भएकोमा बधाई दिनुहुँदै भविष्यमा नेपाल र बङ्‌गलादेश बीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपाल र बंगलादेशलाई प्रकृतिले दिएको स्रोत र साधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो । यसैगरी उहाँले एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्‍च महत्‍व दिएको कुरा व्यक्त गर्नुभयो । Read More …

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले श्रीकृष्णजन्माष्टमी पर्व, २०७७ को अवसरमा दिनु भएको शुभकामना सन्देश

श्रीकृष्ण जन्माष्टमी पर्व, २०७७ को शुभकामना सन्देश भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको सम्झनामा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्र कृष्णअष्टमीको मध्यरातमा भएको सम्झनामा आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ । द्वापर युगमा कंसको अत्याचार बढेपछि त्यसबाट मानव जातिको उद्धार गर्न वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा आजकै दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ । विविध धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाज हाम्रो सभ्यता र सम्पन्‍नताका Read More …