विज्ञप्ति

आज मिति २०७७ साल भदौ ५ गते शुक्रबारका दिन हरितालिका तीज परेको र सो अवसरमा विगतमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू श्री पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक हुनुहुने परम्परा रहेकोमा यस पटक विश्‍वव्यापी महामारीको रूपमा फैलिएको नोवेल कोरोनाभाइरस (कोभिड-१९) को कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

(हरि प्रसाद दहाल)

प्रवक्ता