सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उधौली पर्व, २०७५ को अवसरमा दिनु भएको शुभकामना सन्देश

मंसिर शुक्ल पूर्णिमाको दिन पितृ र प्रकृति पूजक किराँत समुदायको महान पर्व उधौलीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख शान्ति र समृद्धि, आपसी सद्‍भाव, एकता, भाइचारा एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालका विभिन्‍न जातजाति र समुदायहरुले मनाउने चाडपर्वहरुले नेपाल साझा फूलवारीको रुपमा श्रृंगारिएको छ । यहाँ मनाउने उधौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्‍भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेका छन् । यस प्रकारका चाड पर्वहरुले सामाजिक एवम् पारिवारीक जमघट गराउन, मनोरञ्‍जन प्रदान गर्न र समुदायबीचमा आपसी सद्‍भाव सुमधुर बनाउन सहयोग गरेका छन् ।

अन्तमा, यो पर्वले नेपालका सवै जातजातिबीच आपसी सद्‍भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशको प्रगतिपथमा संलग्न हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७५ पौष ७ गते शनिबार ।