गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरूलाई तपसिलमा उल्लेख भएका देशहरूका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ । तपसिल: सि.नं. राजदूतहरूको नाम आवासीय राजदूत रहेको देश गैरआवासीय राजदूत नियुक्त गरेको देश १. श्री डिल्लीराज पौडेल मलेसिया ब्रुनाई दारूसलाम २. श्री निर्मलराज काफ्ले ब्राजिल गणतन्त्र चिलि ३. श्री भरत कुमार रेग्मी अष्ट्रिया क्रोएसिया ४. श्री मिलनराज तुलाधार रूसी महासङ्घ गणतन्त्र काजखस्तान ५. प्रा.डा. राम स्वार्थ राय डेनमार्क लिथुआनिया ६. श्री सुशीलकुमार लम्साल इजिप्ट प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरिया २०८० साल जेठ २१ गते आइतबार । (शैलजा रेग्मी Read More …

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८० को शुभकामना सन्देश जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय  दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । सरकारले २०६३ सालमा मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाउन थालिएको हो । यसले सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना वृद्धि गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ । साथै,  आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका  उत्पीडनको क्रमशः Read More …