गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूतहरूलाई तपसिलमा उल्लेख भएका देशहरूका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

तपसिल:

सि.नं. राजदूतहरूको नाम आवासीय राजदूत रहेको देश गैरआवासीय राजदूत नियुक्त गरेको देश
१. श्री डिल्लीराज पौडेल मलेसिया ब्रुनाई दारूसलाम
२. श्री निर्मलराज काफ्ले ब्राजिल गणतन्त्र चिलि
३. श्री भरत कुमार रेग्मी अष्ट्रिया क्रोएसिया
४. श्री मिलनराज तुलाधार रूसी महासङ्घ गणतन्त्र काजखस्तान
५. प्रा.डा. राम स्वार्थ राय डेनमार्क लिथुआनिया
६. श्री सुशीलकुमार लम्साल इजिप्ट प्रजातान्त्रिक जनगणतन्त्र अल्जेरिया

२०८० साल जेठ २१ गते आइतबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता