प्रेस विज्ञप्ति

विज्ञप्ति

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षण, उपचार तथा २४ घण्टा चिकित्सकहरूको अवलोकनपछि आज बिहान ८:०० बजे शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ ।

स्वास्थ्य उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै उहाँको स्वास्थ्यप्रति चासो व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ ।

२०८० साल जेठ ३१ गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता