नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश पदको पद तथा गोपनीयताको शपथ ग्रहण

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतका सम्माननीय कायम मुकायम प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूलाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको छ। आज राष्ट्रपतिको कार्यालयमा आयोजित एक विशेष समारोहमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष नवनियुक्त सम्माननीय प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्कीज्यूले सर्वोच्च अदालत ऐन, २०४८ को दफा ८ बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

२०८० साल असार १ गते शुक्रबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता