प्रेस विज्ञप्‍ति

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू २०८० साल असार २ गते स्वास्थ्य उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा  त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भई विभिन्न परीक्षण, चिकित्सकहरूको निगरानी तथा उपचारपछि आज दिउँसो डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । चिकित्सकहरूका अनुसार सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ ।

स्वास्थ्य उपचारका लागि गठित विशेषज्ञ समूहमा संलग्न चिकित्सकहरू, परामर्श समूहमा संलग्न विभिन्न अस्पतालका चिकित्सकहरू, स्वास्थ्यकर्मी, कर्मचारी तथा सुरक्षाकर्मीका साथै विभिन्न माध्यमबाट उहाँको स्वास्थ्यप्रति चासो एवम् चिन्ता व्यक्त गर्ने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइहरूमा सम्माननीय राष्ट्रपतिज्यूले धन्यवाद प्रकट गर्नुभएको छ ।

२०८० साल असार १३ गते बुधवार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता