सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि चीनका महामहिम राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७३ साल मंसिर १० गते शुक्रबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि चीनका राजदूत महामहिम श्रीमती यू होङबाट शिष्टाचार भेट भयो । भेटका अवसरमा नेपाल र चीनबीच रहदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने विषयमा छलफल भएको थियो । उक्त अवसरमा राष्ट्रपतिको कार्यालय एवम् परराष्ट्र मन्त्रालयका उच्चपदस्थ पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो

(कुल प्रसाद चुडाल)

प्रवक्ता