सम्माननीय राष्ट्रपतिज्यूबाट गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त

आज मिति २०७३ साल मंसिर १२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा  दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत पदमा कार्यरत श्री अमृतबहादुर राईलाई लेसेथो अधिराज्य, तान्जानिया र मौरिशसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

(प्रल्हाद प्रसाद पुडासैनी)

सहायक प्रवक्ता