सम्माननीय राष्ट्रपतिज्यूले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापती पदमा तोक्नु भएको

आज मिति २०७३ साल कात्तिक १९ गते शुक्रबारका दिन  सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख Chief of Army Staff General Abu Belal Muhammad Shafiul Huq, NDC, PSC को निमन्त्रणामा मिति २०७३/७/३० गते देखि मिति २०७३/८/५ सम्म त्यसतर्फ जानुहुने भएकोले सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रधान सेनापतिको अनुपस्थितिमा प्रधान सेनापतिले गर्ने दैनिक प्रशासनिक कार्य गर्न नेपाली सेनाका ब्य.नं. ११८१ बलाधिकृत रथी श्री बलदेवराज महतलाई नेपाली सेनाको कायम मुकायम प्रधान सेनापति पदमा तोक्नु भएको छ। (प्रल्हाद प्रसाद पुडासैनी) सहायक प्रवक्ता

छठ पर्व २०७३ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूको शुभकामना सन्देश

सूर्य देवता र छठ माताको पूजा आराधाना गरी मनाइने नेपालीहरुको महान पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धार्मिक तथा साँस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक र पारिवरिक जमघाट गराउने, मनोरञ्जनको माध्यमबाट आपसी तिक्तता मेटाएर सुमधुर आपसी सम्बन्ध र एकता कायम गर्ने अनि खुसी एवं मनोरञ्जन साटासाट गर्ने अवसर जुटाई राष्ट्रिय एकता र सामाजिक सम्मिलनमा समेत महत्वपूर्ण योगदान पुर्‍याएका छन् । अन्तमा, यस छठ पर्वले हामी सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र सहमति कायम गर्दै Read More …