कैद कट्टा गरी माफी मिनाहा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मिति २०७७ साल फागुन ७ गते देखि लागू हुने गरी सर्वोच्च अदालतको मिति २०७७/४/१९ को परमादेश समेतको आधारमा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ लागू हुनु पूर्व गरेको कसूरमा जन्मकैदको सजाय भई २०७७/११/६ सम्ममा कम्तीमा ५०% (पचास प्रतिशत) कैद भुक्तान भएको र असल चालचलन भएका त्वातिके भन्ने सुदिप लिम्बु समेत १७९ (एक सय उनासी) जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा  भएको छ । (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता    

महिला हिंसा न्यूनीकरण गर्न छलफल कार्यक्रम

काठमाडौँ, ६ फागुन २०७७ । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरुद्ध हुने हिंसाका घटना न्यूनीकरण गरी हिंसामुक्त समाजको निर्माण गर्न सबै पक्षको योगदान आवश्यक रहेको बताउनु भएको छ । राष्ट्रपति भवन, महाराजगञ्जमा विभिन्न संवैधानिक आयोगका अध्यक्ष तथा सदस्यहरू, विभिन्न मन्त्रालयका सचिवसहित नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्न बिहीबार आयोजित कार्यक्रममा सम्मानीय राष्ट्रपतिज्यूले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा न्यूनीकरण गर्नका लागि नीतिगत र कानुनी व्यवस्थाका साथै समाजको मानसिकतामा परिवर्तन ल्याउन पहल गर्नुपर्नेमा जोड दिनुभयो । “हाम्रा राजनीतिक संघर्षहरूको परिणामस्वरुप संरचनामा परिवर्तन आएको छ”, राष्ट्रपतिज्यूले भन्नुभयो, “महिलालाई समाजले हेर्ने दृष्टिकोणमा अझ सकारात्मक परिवर्तन ल्याउन थप प्रयास जरुरी देखिएको छ ।” महिलालाई सम्मान दिने Read More …

सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष ओहदाको प्रमाणपत्र पेश

आज मिति २०७७ साल फागुन ३ गते, सोमबारका दिन सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि तपसिल बमोजिमका महामहिम राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभयो । उक्त अवसरमा माननीय परराष्‍ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो । तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/गैरआवासीय 1. इस्लामिक गणतन्त्र पाकिस्तान H.E. Mr. SYED HAIDER SHAH आवासीय 2. अष्‍ट्रेलिया H.E. Ms. FELICITY JANE VOLK आवासीय (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सोनम ल्होसार २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

सोनम ल्होसार, २०७७ को शुभकामना सन्देश तामाङ समुदायको नयाँ वर्षको रूपमा मनाइने सोनम ल्होसार पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । चन्द्र पात्रोअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने यस पर्वमा तामाङ समुदायले कूल पूजा, प्रकृति पूजा र बुद्ध शिक्षाको स्मरण गर्नुका साथै आफन्तजन भेला भई भोजन एवम् मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने प्रचलन रहिआएको छ । यो पर्व तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेश लगायत देशका विभिन्न भागमा बसोबास गर्ने तामाङ सहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङवा, भोटे, दुरा, लेप्चा आदि जातिहरूले आ-आफ्नै शैली Read More …

सम्माननीय राष्ट्रपतिबाट अध्यादेश जारी

विज्ञप्ति आज मिति २०७७ साल माघ २३ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः क्र.सं. अध्यादेशको नाम १. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ (केशव प्रसाद घिमिरे) सहायक प्रवक्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा

आज मिति २०७७ साल माघ २१ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तडा. गणेश राज जोशीले नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम मिति २०७७/१०/२१ गतेदेखि लागू हुने गरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगको आयुक्त पदबाट लिखित राजीनामा दिनु भएको छ । (जगन्‍नाथ पन्त) प्रवक्ता

सम्माननीय राष्ट्रपतिज्यूबाट विभिन्न संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको विभिन्‍न धारा बमोजिम संवैधानिक परिषद्को सिफारिसमा तपसिल अनुसार संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको आज मिति २०७७ साल माघ २१ गते बुधबारका दिन नियुक्त गर्नुभएको छ । तपसिल क्र.सं. संवैधानिक निकाय पद नामथर १.    अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त श्री प्रेम कुमार राई आयुक्त श्री किशोर कुमार सिलवाल आयुक्त श्री जय वहादुर चन्द २. निर्वाचन आयोग निर्वाचन आयुक्त श्री राम प्रसाद भण्डारी निर्वाचन आयुक्त डा. जानकी कुमारी  तुलाधर ३. राष्ट्रिय मानव अधिकार आयोग अध्यक्ष श्री तप वहादुर मगर सदस्य डा. सूर्य प्रसाद शर्मा ढुङ्गेल सदस्य श्री मिहिर ठाकुर सदस्य श्री मनोज दुवाडी Read More …