राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण

आज मिति २०७७ साल फागुन १३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका श्री लोकदर्शन रेग्मीले र दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका डा. निर्मलकुमार विश्वकर्माले राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । उक्त अवसरमा माननीय परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीज्यू लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

(जगन्नाथ पन्त)

प्रवक्ता