सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नेपालका लागि जापानका राजदूत शिष्टाचार विदाई भेट

आज मिति २०७७ साल फागुन ११ गते, मङ्‌गलबारका दिन  सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालका लागि जापानका महामहिम राजदूत Mr. Masamichi Saigo ले राष्ट्रपति भवनमा शिष्टाचार विदाई भेट गर्नुभयो । सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बिषयमा कुराकानी भयो ।

(जगन्नाथ पन्त)

प्रवक्ता