सम्माननीय राष्ट्रपतिज्यूबाट संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान

आज मिति २०७६ साल बैशाख ८ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सम्वत् २०७६ बैशाख १६ गते सोमबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता