राष्ट्रिय समावेशी आयोगका नवनियुक्त माननीय सदस्यबाट पद तथा गोपनियताको शपथ ग्रहण

आज मिति २०७६ साल बैशाख ८ गते आइतबारका दिन राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहकाबीच सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्ष डा. शान्तराज सुवेदीज्यूसमक्ष नवनियुक्त माननीय सदस्य श्री विष्णुमाया ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्य पदको, पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, संघीय संसदका माननीय उपसभामुखज्यू, सर्बोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता