नवनियुक्त माननीय प्रमुख निर्वाचन आयुक्तज्यूबाट पद तथा गोपनियताको शपथ ग्रहण

आज मिति २०७६ साल बैशाख ८ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहबीच सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.ज्यूसमक्ष नवनियुक्त माननीय प्रमुख निर्वाचन आयुक्तज्यूले आफ्नो पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । उक्त अवसरमा सम्माननीय उपराष्ट्रपतिज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्रीज्यू, संघीय संसदका माननीय उपसभामुखज्यू, सर्बोच्च अदालतका माननीय न्यायाधीशज्यूहरु, संवैधानिक निकायका प्रमुख एवम् पदाधिकारीहरु, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरु, सुरक्षा निकायका प्रमुखहरु लगायत अन्य विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता