सम्माननीय राष्ट्रपतिबाट राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा नियुक्त

आज मिति २०७६ साल बैशाख ६ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २५८ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्री विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्य पदमा नियुक्त गर्नुभएको छ ।

 

(छविन्द्र पराजुली)

प्रवक्ता