सम्माननीय राष्ट्रपतिज्यूसमक्ष मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राजदूतबाट शिष्टाचार भेट

आज मिति २०७४ साल चैत्र १ गते बिहीबारका दिन  राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष जनवादी गणतन्त्र चीनका राजदूत Her Excellency Ms. Yu Hong ले शिष्टाचार भेट गर्नुभयो । सो अवसरमा महामहिम राजदूतले सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपालको राष्ट्रपति पदमा पुनः निर्वाचित हुनुभएकोमा जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिङफिङले पठाउनु भएको बधाई तथा शुभकामना सन्देश पत्र हस्तान्तरण गर्नु भयो । साथै उक्त अवसरमा दुई देशबीच रहि आएको सुमधुर सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ एवम् प्रभावकारी बनाउने र आपसी हित प्रवर्धन गर्ने लगायतका बिषयमा समेत कुराकानी भयो । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्च अधिकारीहरु तथा चिनियाँ दूतावासका प्रतिनिधिहरु समेतको उपस्थिति थियो ।

   (हरिप्रसाद दवाडी)

प्रवक्ता