सम्माननीय राष्ट्रपतिज्यूसमक्ष निर्वाचन आयोगद्वारा उपराष्ट्रपति पदको निर्वाचन प्रतिवेदन पेश

आज मिति २०७४ साल चैत्र ४ गते आइतबारका दिन राष्ट्रपति भवन, शीतलनिवासमा सम्माननीय राष्ट्रपति  श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा २४ एवम् दफा ६० बमोजिम उपराष्ट्रपतिको निर्वाचनमा सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनज्यू नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको व्यहोराको प्रतिवेदन पेश गर्नु भयो । उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

   (छविन्द्र पराजुली)

प्रवक्ता