नवनिर्वाचित माननीय उपसभामुखज्यू र माननीय उपाध्यक्षज्यूबाट पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र ४ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूको समुपस्थितिमा प्रतिनिधि सभाका सम्माननीय सभामुख श्री कृष्णबहादुर महराज्यूसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित माननीय उपसभामुख श्री शिव माया तुम्वाहाङफेज्यूले प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष श्री गणेश प्रसाद तिमिल्सीनाज्यूसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित माननीय उपाध्यक्ष श्री शशिकला दहालज्यूले राष्ट्रिय सभाको अन्तरिम कार्यविधि, २०७४ को दफा ८ बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।

   (छविन्द्र पराजुली)

प्रवक्ता