सम्माननीय राष्ट्रपतिज्यूसमक्ष उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण

आज मिति २०७४ साल चैत्र ५ गते सोमबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नवनिर्वाचित सम्माननीय उपराष्ट्रपति श्री नन्द बहादुर पुनज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम उपराष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।

   (छविन्द्र पराजुली)

प्रवक्ता