प्रेस विज्ञप्ति
आज मिति २०७४ साल फागुन ३० गते बुधबारका दिन राष्ट्रपति भवन शीतलनिवासमा, नवनिर्वाचित सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ७१ बमोजिम सम्माननीय प्रधान न्यायाधीश श्री गोपाल पराजुलीज्यूसमक्ष राष्ट्रपति पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभई आजैदेखि राष्ट्रपति पदको कार्यभार सम्हाल्नुभएको छ । कार्यभार सम्हाल्ने क्रममा सम्माननीय राष्ट्रपतिज्यूबाट अत्यधिक बहुमतबाट राष्ट्रपतिमा निर्वाचित गर्ने संघीय संसद र प्रदेश सभाका माननीय सदस्यहरुसहितको निर्वाचक मण्डललाई हार्दिक धन्यवाद दिनु भयो । साथै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरी नयाँ संविधान कार्यान्वयनको यस महत्वपूर्ण चरणमा नेपाली जनताका प्रतिनिधिमार्फत दिएको जिम्मेवारीलाई राष्ट्र र जनताको पक्षमा संविधानद्वारा निर्दिष्ट भूमिका निर्वाह गर्न सचेत छु भन्नुहुँदै सो अवसरमा Read More …