सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा देहाय बमोजिमका न्यायाधीश तथा वरिष्ठ अधिवक्ताहरूलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्नुभएको छ ।

नाम, थर र वतन हाल कार्यरत पद र अदालत/वरिष्ठ अधिवक्ता, प्र.प.नं. नियुक्ति गरिएको पद र अदालत
श्री सारङ्गा सुवेदी न्यायाधीश, उच्च अदालत जनकपुर न्यायाधीश, सर्वोच्च अदालत
श्री अब्दुल अजिज मुसलमान न्यायाधीश, उच्च अदालत पाटन, हेटौंडा इजलास न्यायाधीश, सर्वोच्च अदालत
श्री महेश शर्मा पौडेल न्यायाधीश, उच्च अदालत पाटन न्यायाधीश, सर्वोच्च अदालत
श्री टेकप्रसाद ढुङ्गाना न्यायाधीश, उच्च अदालत पाटन न्यायाधीश, सर्वोच्च अदालत
श्री सुनिल कुमार पोखरेल वरिष्ठ अधिवक्ता, प्रमाणपत्र नम्वर ५०० न्यायाधीश, सर्वोच्च अदालत
श्री बालकृष्ण ढकाल वरिष्ठ अधिवक्ता, प्रमाणपत्र नम्वर ५५२ न्यायाधीश, सर्वोच्च अदालत

२०८० साल पुस ४ गते बुधबार ।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता