लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्रीबाट शिष्टाचार भेट

विज्ञप्‍ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्री H.E. Mr. Mohamed Uvais Mohamed Ali Sabry, PC, MP ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो। सो अवसरमा नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भयो।

२०८० साल पुस ६ गते शुक्रबार ।

(कृष्णप्रसाद लम्साल)

सहसचिव