नेपालका आवासीय राजदूत पदमा नियुक्त

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री धनबहादुर वलीलाई थाईल्याण्ड अधिराज्यका लागि नेपालका आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ। २०८० साल पुस २ गते सोमबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विवाह पञ्चमीको अवसरमा दिनुभएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ । यस पर्वले सम्पूर्ण नेपालीहरूमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्‌भाव, सहिष्णुता र  बन्धुत्वको भावनालाई Read More …

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले २० औँ हस्तकला व्यापार मेलामा गर्नुभएको सम्बोधन

कार्यक्रमका अध्यक्षज्यू, माननीय मन्त्रीज्यूहरू, महानगरका प्रमुख तथा उपप्रमुखज्यूहरू, उद्यमी व्यवसायीहरू, महिला तथा सज्जनवृन्द ! हस्तकला दिवसका अवसरमा आयोजित यस २० औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगितामा उपस्थित भएर देशभरिका हस्तकला उद्यमी, व्यवसायी एवम् हस्तकलाका शिल्पीहरूसँग साक्षात्कार गर्ने अवसर पाउँदा मलाई खुसी लागेको छ । हस्तकला उद्योग नेपालको उद्योग व्यापार मात्र नभई नेपालको प्राचीन सभ्यता, मौलिक संस्कृति र सम्पदाको संरक्षण एवम् संवद्र्धन गर्दै विश्वमा परिचित गराउने महत्त्वपूर्ण क्षेत्र हो । यसका साथै हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवम् गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिन्छ । यस उद्योगको विकास र विस्तारबाट एकातिर मुलुकको विशिष्ट पहिचान स्थापित गर्न सकिन्छ भने Read More …

ओहोदाको प्रमाणपत्र पेश

विज्ञप्ति सम्माननीय राष्‍ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपालका लागि तपसिल बमोजिमका नवनियुक्त राजदूतहरूले राष्‍ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो। उक्त समारोहमा नेपाल सरकारका  उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। तपसिल क्र.सं. मुलुक राजदूत आवासीय/ गैरआवासीय 1. प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्का H.E. Sudharshana K. Pathirana आवासीय 2. गणतन्त्र पनामा H.E. Mrs. Yasiel Alines Buillo Rivera गैरआवासीय 3. बेल्जियम अधिराज्य H.E. Mr. Didier Anna L. Vanderhasselt गैरआवासीय २०८० साल मङ्‌सिर २८ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता H.E. Sudharshana K. Pathirana, Ambassador Read More …

संघीय संसदको महासचिवको राजीनामा स्वीकृत

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसदको महासचिव डा. भरतराज गौतमले मिति २०८०/०८/२४ देखि लागु हुने गरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोहि मिति देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले मिति २०८०/०८/२७ मा स्वीकृत गर्नु भएको छ। २०८० साल मङ्‌सिर २७ गते बुधबार। (शैलजा रेग्मी भट्टराई) प्रवक्ता  

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दिनुभएको सन्देश

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको शुभकामना सन्देश ७५ ‌औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर)को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, शान्ति एवम् समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु । संयुक्त राष्ट्रसंघको महासभाबाट मानव अधिकारको विश्‍वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्‍वभर यो दिवस मनाउने गरिन्छ । यस वर्ष “भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाऔँ” भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइदैछ । मानव अधिकारको विश्वव्यापी  घोषणापत्रमा उल्लेख भएका विषयहरू नेपालको संविधानले अवलम्बन गरी यसको विस्तार र विकास Read More …

राष्ट्रिय मानव अधिकार आयोगकबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूसमक्ष राष्ट्रिय मानव अधिकार आयोगका माननीय अध्यक्ष श्री तप बहादुर मगरज्यूले राष्ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९/०८० को राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो । २०८० साल मङ्‌सिर २१ गते बिहीबार । (शैलजा रेग्मी भट्टराई) प्रवक्ता

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले ३२ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको अवसरमा दिनुभएको सन्देश

३२ औं अन्तर्राष्ट्रिय अपाङ्‍गता दिवसको शुभकामना सन्देश संयुक्त राष्ट्र संघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ । अपाङ्गता भएका व्यक्तिको ३२ औं अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको प्रवर्धन, मर्यादा र सामाजिक न्यायको सुनिश्चितताका लागि शुभकामना व्यक्त गर्दछु । नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐनलगायतको प्रभावकारी कार्यान्वयनले मात्र अपाङ्गता भएका व्यक्तिको जीवन स्तर र जीवन यापनमा सुधार हुन सक्छ । अपाङ्गता अधिकारको सम्बन्धमा हाल भएका संवैधानिक र कानूनी व्यवस्थाहरुको प्रभावकारी कार्यान्वयनमा अझै प्राथमिकता र Read More …

प्रदेश प्रमुखको कार्यभार तोक्नु भएको

विज्ञप्ति सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले बागमती प्रदेशका प्रमुख माननीय यादवचन्द्र शर्मा मिति २०८०/८/१६ देखि २०८०/८/२१ गतेसम्म मित्रराष्ट्र जनवादी गणतन्त्र चीन भ्रमणमा जानु हुने भएको हुँदा उहाँको अनुपस्थितिमा प्रदेश प्रमुखको कार्यभार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिस बमोजिम गण्डकी प्रदेशका प्रमुख माननीय पृथ्वीमान गुरुङलाई तोक्नु भएको छ । २०८० साल मङ्‌सिर १५ गते शुक्रबार ।   (शैलजा रेग्मी भट्टराई) प्रवक्ता