संघीय संसदको महासचिवको राजीनामा स्वीकृत

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू समक्ष संघीय संसदको महासचिव डा. भरतराज गौतमले मिति २०८०/०८/२४ देखि लागु हुने गरी आफ्नो पदबाट दिनुभएको राजीनामा सोहि मिति देखि लागु हुने गरी सम्माननीय राष्ट्रपतिज्यूले मिति २०८०/०८/२७ मा स्वीकृत गर्नु भएको छ।

२०८० साल मङ्‌सिर २७ गते बुधबार।

(शैलजा रेग्मी भट्टराई)

प्रवक्ता