
बालबालिकासंग राष्ट्रपति
आज राष्ट्रपति भवन, शीतलनिवासमा राष्ट्रिय बाल दिवस, २०७६ को अवसरमा बालबालिकासंग राष्ट्रपति कार्यक्रम सम्पन्न भयो । “सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार” भन्ने नाराका साथ यस वर्ष मनाउन लागिएको कार्यक्रममा बालबालिकाहरूले सम्माननीय राष्ट्रपतिज्यूसमक्ष उहाँको बाल्यकाल, समग्र बालबालिका र महिलाहरूलाई के सन्देश छ, जस्ता जिज्ञासा राखेका थिए । सम्माननीय राष्ट्रपतिज्यूबाट बाल दिवसको उपलक्ष्यमा सबै बालबालिकाहरूलाई शुभकामना दिनुहुँदै उनीहरुको जिज्ञासाहरुमा आफ्नो बाल्यकालको अनुभव, दुःख अभाव र अफ्ठ्यारो तथा हालको सहज अवस्थाको बारेमा स्पष्ट पार्नु भएको थियो ।अहिले बालबालिकाको समग्र विकासमा राज्यको साथै निजि क्षेत्र, अभिभावक, विद्यालय र समग्र समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै बालबालिकालाई “असल नागरिक” बनाउन सवभन्दा बढी अभिभावकले ध्यान दिनुपर्ने Read More …