सम्माननीय राष्ट्रपतिज्यूबाटकैदको सजाय कट्टा

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भीमबहादुर शेर्पासमेतका 260 (दुई सय साठी) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय कट्टा गर्नु भएको छ ।

   (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता

२०७६ साल असोज 3 गते शुक्रबार