सम्माननीय राष्ट्रपतिज्यूबाट सजाय माफी

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को  सिफारिसमा रामकिशोर साह तेलीसमेत 22 (बाइस) जना व्यक्तिहरुलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, बिगो, सर्वस्व लगायतको सजाय माफी गर्नु  भएको छ ।

   (केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता

२०७६ साल असोज 3 गते शुक्रबार