सम्माननीय राष्ट्रपतिज्यूबाट विधेयक प्रमाणीकरण

आज मिति २०७६ साल माघ २८ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको  दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका तपसिल बमोजिमका विधेयकहरु नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।

क्र.सं. विधेयकको नाम
1 भूमि सम्बन्धी (आठौं संशोधन) विधेयक
प्रहरी समायोजन विधेयक
नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक
औद्योगिक व्यवसाय विधेयक
राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक

 

(हरि प्रसाद दहाल)

प्रवक्ता