सम्माननीय राष्ट्रपतिज्यू समक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

आज राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू समक्ष निर्वाचन आयोगका माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु  भयो । उक्त अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले नेपालमा लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा निर्वाचन आयोगले पुर्‍याउँदै आएको योगदानको सराहना गर्नु भयो । साथै, संवैधानिक दायित्व अन्तर्गत निर्वाचन आयोगले आफ्नो प्रतिवेदन बुझाएकोमा धन्यवाद समेत दिनुभयो ।

 

(हरि प्रसाद दहाल)

प्रवक्ता