सम्माननीय राष्ट्रपतिज्यूबाट मन्‍त्री पदमा नियुक्त

आज मिति २०७६ साल फागुन ५ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री के. पी. शर्मा ओलीज्यूको नेतृत्वमा मिति २०७४/११/३ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा माननीय डा. शिवमाया तुम्बाहाङफेज्यूलाई मन्त्री पदमा नियुक्त गरी हाल माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री भानुभक्त ढकालज्यूले सम्हाल्दै आउनुभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोक्नु भएको छ ।

(हरि प्रसाद दहाल)

प्रवक्ता