H.E. Mr. Yuan Jiajun बाट शिष्टाचार भेट

विज्ञप्ति

सम्माननीय राष्ट्रपति  श्री रामचन्द्र पौडेलज्यू समक्ष नेपाल भ्रमणमा रहनुभएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका CPC केन्द्रीय कमिटिका राजनीतिक ब्युरोका सदस्य तथा Chongqing Municipality Committee का सचिव  H.E. Mr. Yuan Jiajun ले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभयो ।

सो अवसरमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा छलफल भयो । भेटका अवसरमा सम्माननीय राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रही आएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

२०८० साल साउन ७ गते आइतबार

(लीलाकान्त पौडेल)

सहायक प्रवक्ता